कार्तिकबाट फागुनमा पुग्यो सुरक्षाको ‘बुलाकी’

कार्तिकबाट फागुनमा पुग्यो सुरक्षाको ‘बुलाकी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुरक्षा पन्त र नरेन खड्का अभिनित सिनेमा ‘बुलाकी’ अब कार्तिक १८ मा रिलिज नहुने भएको छ ।

मंसीर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावले प्रदर्शनमा असर गर्ने देखिएपछि सिनेमा पोस्टपोन्ड भएको हो । अब यो सिनेमा फागुन १९ मा रिलिज हुनेछ ।

फागुन १९ मा रिलिज हुँदा सिनेमाले पहिलो साता होली र नारी दिवसको विदा खानेछ । तर, यो मिति ‘परस्त्री’ र ‘बर एण्ड बधु’ले यसअघि नै बुक गरिसकेका थिए ।

‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसिएतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौ,’ निर्माता टोपेन्द्र विष्टले भने,‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले सिनेमा सारेका हौ ।’

लक्ष्मण सुनार निर्देशित सिनेमामा सुरक्षा र नरेनसंगै बिराज बिष्टको मुख्य भूमिका छ । कर्णाली भेगको जनजीवन र जारी प्रथाको कथामा निर्मित सिनेमामा शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता स्व. मोति बिष्ट हुन् ।

सिनेमामा अभिनेता बिराज, राज बहादुर साने, निर्मल पौडेल र निर्देशक सुनारको लेखन रहेको छ ।