‘मिलन’को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा

‘मिलन’को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘मिलन’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । टेक पौरखी राईको निर्देशनमा तयार भएको सिनेमा आगामी कात्तिक १८ गते तिहारपछि रिलिज हुनेछ ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यी दुवैले यही सिनेमाबाट अभिनय डेव्यु गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

निर्देशक राईकै लेखन रहेको सिनेमामा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको पनि अभिनय छ । ‘मिलन’मा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

काठमाडौं र कालिन्चोक क्षेत्रमा छायांकन गरिएको सिनेमाको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको सिनेमामा तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र डिके हमाल र गीताञ्जली योगीको मेकअप रहेको छ ।