विक्रम वेधा टिजर: ऋतिक र सैफको टक्कर

विक्रम वेधा टिजर: ऋतिक र सैफको टक्कर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ऋतिक रोशन र सैफ अलि खान स्टारर सिनेमा ‘विक्रम वेधा’को टिजर सार्वजनिक भएको छ ।

डार्क एक्सन थ्रिलर सिनेमाको टिजर धमाकेदार लाग्छ । पुलिसको भूमिकामा सैफ र भिलेन ऋतिकको टक्कर दमदार देखिएको छ । ब्याकग्राउण्ड म्युजिक, एक्सन, थ्रिल र इमोसनले दर्शकलाई ‘विक्रम वेधा’को दुनियाँसंग साक्षात्कार गराउछ ।

२०१७ मा रिलिज भएको तामिल सिनेमा ‘विक्रम वेधा’को रिमेकलाई पुष्कर गायत्रीले निर्देशन गरेका हुन् । ओर्जिनल भर्सनका निर्देशकपनि गायत्री नै हुन् ।

३० सेप्टेम्बरमा रिलिज हुने सिनेमामा सैफ र ऋतिकका अलावा राधिका अप्टे, रोहित सराफ, योगिता विहानी, शरिब हास्मीलगायतका कलाकारहरुको अभिनय छ ।