आफ्नो नाम र हस्ताक्षर दुरुपयोग भएपछी केकीले भनिन्, ‘कानुनि उपचार खोज्छु’

आफ्नो नाम र हस्ताक्षर दुरुपयोग भएपछी केकीले भनिन्, ‘कानुनि उपचार खोज्छु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री केकी अधिकारीले ‘ब्लु बर्ड एच डि’ नामक कम्पनिले व्यक्तिगत विवरण समेटेर आफ्नो नाम दुरुपयोग गरेको बताएकी छन् ।

साथै उनले उक्त कार्य गर्नेविरुद्ध कानुनि उपचार खोज्नेपनि बताएकी छन् ।

सिनेमा ‘तिम्रो नजर’ निर्माण पक्षले नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड बनाएर नर्वेमा छायांकनका लागि नर्वेजियन दूतावासमा निवेदन दिइएको खबर केहि संचार माध्यममा सम्प्रेषण भएका थिए । जसमा सिनेमाको अभिनेत्रीको रुपमा केकी अधिकारीको नाम प्रयोग गरिएको थियो ।

यस कुराको खण्डन गर्दै केकीले आफुलाई कुनै पनि त्यस्तो सिनेमाको बारेमामा जानकारी नभएको र आफ्नो नाम, हस्ताक्षर दुरुपयोग भएको बताएकी हुन् ।

उनले यस विषयमा आपत्ति जनाउदै फेसबुकमा लेख्छिन, ‘विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार `ब्लु बर्ड एच डि ´नामक सिनेमा निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको सिनेमा निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचार प्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनि अगाडी लेख्छिन, ‘मैले त्यस्तो नाम गरेको कुनै सिनेमा निर्माण कम्पनीसंग कुनै पनि नामको सिनेमामा सम्झौता गरेकी छैन। र यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु।’