प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, प्रदीपलाई तारिफ नै तारिफ

प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, प्रदीपलाई तारिफ नै तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का स्टारर सिनेमा ‘प्रकाश’को राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । बुधबार बेलुका सम्पन्न प्रिमियरमा फिल्मकर्मी र पत्रकारको उल्लेख्य उपस्थिति रह्यो । उल्लासका साथ् सम्पन्न प्रिमियरमा प्रदीप खड्का, दीया मास्के र निर्देशक दिनेश राउत केन्द्रमा रहे ।

प्रिमियरपछि अधिकांसले सिनेमाको मुक्तकण्ठाले तारिफ गरे । पाहुनाले सिनेमाको निर्देशकीय पक्ष, कलाकारको अभिनय, विषयबस्तुलगायतका विधामा प्रशंसाका बोलि फुटाए ।

प्रिमियरपछि कसले के भने ?

आकाश अधिकारी (निर्माता/निर्देशक/कलाकार)

यसले पूर्णत मौलिक सिनेमाको प्रतिनिधित्व गरेको छ । सिंगो राष्ट्रको प्रतिनिधित्व गरेको छ । सिनेमाको विषयमा निर्माण पक्षको राम्रो अनुसन्धान देखियो । निर्माताले यस किसिमको विषयमा लगानी गर्नु नै राम्रो कुरा हो । त्यसपछि निर्देशकको भिजन र त्यस भिजनलाई कलाकारले राम्रो साथ् दिएका छन् । सबै कलाकारहरु राम्रो अभिनय छ । विशेष गरि दीया मास्के र प्रदीप खड्काले जिवन्त अभिनय गरेका छन् ।

सन्तोष सेन (निर्माता/निर्देशक/कलाकार)

‘प्रकाश हेरेपछि मलाई यस्तो लाग्यो प्रदीपले अब जुन सुकै चरित्रपनि मज्जाले निर्वाह गर्न सक्छ । उसले आफुलाई प्रमाणित गरेको छ । प्रदीपको मिहेनत देखेर गर्व महशुस भएको छ । जसरी निर्देशकले जुम्लाको रहनसहन, संस्कृतिको माध्यमबाट देशको विकृतिको कथा भन्नु भएको छ, एक पटक सलाम गर्न चाहन्छु । साउण्डको काम एकदमै राम्रो छ । उहाँलाई १० मा १० दिन चाहन्छु । ओभरअल सिनेमा राम्रो बनेको छ । सबैले हेर्नु पर्छ ।

दीपाश्री निरौला (निर्माता/निर्देशक/कलाकार)

‘विषयबस्तु एकदमै उत्कृष्ट लाग्यो । उहाँहरुले देशको विकृतिलाई उजागर गर्नु भएको छ । रोमान्टिक हिरो प्रदीपले सरप्राइज तुल्याउनु भयो । एक पटक त यो प्रदीप नै होर भन्ने लाग्यो । कलाकारहरुले उत्कृष्ट काम गर्नु भएको छ । सिनेमाले मज्जाले बाँध्न सक्छ । यो सिनेमा दर्शकले मात्र होइन नेताहरुले पनि हेर्नै पर्छ ।

नम्रता श्रेष्ठ (अभिनेत्री)

‘निर्देशक दिनेश राउतले मलाई कहिलेपनि निराश बनाउदैन । यो कुरामा विश्वस्त छु । आजपनि म निराश भंइन । कति दृश्यले मलाई सोच्न बाध्य बनायो । सिनेमा हेर्दै गर्दा हामि कहाँ छौँ र के गर्दैछौँ भन्ने कुरापनि मनमा आयो । सिनेमा हेर्दा मलाई दुई ओटाको कुराको अपेक्षा हुन्छ । एउटा मनोरंजन प्राप्त गर्न सकूँ, अर्को मेरो मनमा प्रश्न उठोस् भन्ने लाग्छ । कलाकारहरुको प्रशंसा गरेर थाक्दीन म । एकदमै राम्रो गर्नु भएको छ ।’

खगेन्द्र लामिछाने (निर्देशक/अभिनेता)

‘ट्रेलर र पोस्टरबाटै सिनेमा हेर्न आतुर थिएँ । कर्णालीबाट हामि धेरै टाढा छौँ । सिनेमाले कर्णालीमा पुर्याउछ । त्यहि बाँधेर राख्छ । यस्ता यथार्थपरक सिनेमा मलाई मन पर्छ । प्रदीपले यस्तो चरित्र निभाउदा मलाई गज्जब लाग्यो ।’

सौगात मल्ल (अभिनेता)

‘ट्रेलर आएदेखि नै सिनेमाको प्रतिक्षामा थिएँ । फस्ट शो हेर्छु भन्ने सोचेको थिएँ, प्रिमियर मै हेर्न पाउँदा आनन्द लाग्यो । कलाकारदेखि निर्देशकसम्म टिमले उत्कृष्ट काम गर्नु भएको छ । आशा छ दर्शकले साथ् दिनु हुनेछ ।’

सृष्टि श्रेष्ठ (अभिनेत्री)

‘इमान्दार, मंत्रमुग्ध पार्ने सिनेमा । कर्णालीको अनुभव लिन पाइयो । मैले त हावापनि महशुस गरिरहेकी थिएँ । प्रदीपको काम उत्कृष्ट लाग्यो । दीया दिदि लिएर सबैले राम्रो काम गर्नु भएको छ । यस्तो सिनेमा सबै नेपालीले हेर्नु पर्छ ।

दिव्य देव (अभिनेता)

‘मलाई सिनेमा इमान्दारी मेकिङ लाग्यो । निर्देशकदेखि कलाकारसम्मले भित्रसम्म पुगेर विवरण बाहिर ल्याउनु भएको छ । प्रदीपको काम एकदमै राम्रो लाग्यो । प्रदीप जीलाई व्यवसायिक र यथार्थपरक सिनेमा सन्तुलन मिलाएर खेल्दै जानु होला भन्छ चाहन्छु । निर्देशक दिनेश राउत बधाईको पात्र हुनु हुन्छ ।’

विनय श्रेष्ठ (अभिनेता)

‘शिर्ष पात्रसंग जोडिए म । प्रदीपले निर्वाह गरेको चरित्रको लोभ लाग्यो । दीयाको काम मास्टरपिस लाग्यो । प्रदीपलाई यस्तो चरित्रमा यसअघि देखेको थिएँन । उसले शतप्रतिशत दिएको छ । दिनेश राउत बधाईको पात्र हुनु हुन्छ ।

सुवर्ण थापा (निर्देशक)

भाषिक र आञ्चलिक रुपमा यो सिनेमा फरक छ । मौलिकता छ । एउटा फरक भूगोलको कथा प्रस्तुत गरिएको छ । अभिनय, लोकोशन, छायांकन र साउण्ड डिजाइनका पक्ष उत्कृष्ट लाग्यो । निर्देशकले राम्रो काम गर्नु भएको छ ।

तस्वीर : ज्ञानु राई