‘राधा’ तपाई हाम्रै आमा र दिदि-बहिनिको कथा हो – सृष्टि श्रेष्ठ

‘राधा’ तपाई हाम्रै आमा र दिदि-बहिनिको कथा हो – सृष्टि श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘गाजलु’ डेब्यु अभिनेत्री सृष्टि श्रेष्ठको लागि भदौ महिना विशेष रह्यो । किनकि यो महिना दुई सिनेमा मार्फत उनलाई दर्शक माँझ पुग्ने अवसर मिल्यो ।

सृष्टिले केन्द्रिय भूमिका निर्वाह गरेको सिनेमा ‘माइकल अधिकारी’ यतिबेला प्रदर्शनरत छ । यो सिनेमाले दोस्रो साताको प्रदर्शन तय गर्दै गर्दा हलमा सृष्टिको ‘राधा’ले प्रवेश गर्नेछ ।

सिनेमा व्यवसायिक अंक बिस्तारै सार्वजनिक हुँदै जानेछन । योसंगै सृष्टिले आफ्नो कामको आधारमा भने राम्रो अंक जोडिरहेकी छन् । ‘माइकल अधिकारी’ गरेको अभिनयले उनि प्रशंसित भइन । ‘माइकल अधिकारी’ हेरेपछि अभिनेत्री रेखा थापाले सृष्टिको तारिफ गर्दै भनेकी थिइन्, ‘सृष्टि अबको सुपरस्टार’

अभिनय करिअर कै सर्वाधिक तारिफ बटुलेको हप्ता दिन मै सृष्टिले त्यस ग्राफलाई बढाउने देखिन्छ । किनकि, ‘राधा’लाई सृष्टिले काँधमा बोकेकी छन् । सिनेमामा अन्य चर्चित कलाकारहरुको अभिनय भएपनि सिनेमाको शिर्ष चरित्रमा सृष्टि छिन् ।

सृष्टि आफ्नो चरित्रको बारेमा भन्छिन, ‘राधा एउटा महिला हो । जसमा तपाई आफ्नो आमा देख्न सक्नु हुनेछ । दिदि-बहिनि, बुहारी देख्न सक्नु हुनेछ । जसले तपाईलाई निश्वार्थ माया गर्छिन् । तपाई जीवनमा जो महिलासंग भावनात्मक रुपमा जोडिनु भएको छ । त्यो कुरामा राधासंग पनि जोडिनु हुनेछ ।’

राधा चरित्र प्रष्ट पार्दै सृष्टि अगाडी थप्छिन, ‘राधा एउटा गर्भवती महिलापनि हो । जसको पति बेपत्ता छ । एकल गर्भवती महिलाको रुपमा उसलाई समाजले कसरी हेर्छ ? उसले जीवनमा पार गर्नु पर्ने चुनौतीहरुपनि सिनेमा देखाइएको छ । पति कै कारण समाजबाट अवहेलना सहँदै गर्दापनि राधाले कसरी पतिप्रतिको प्रेम कायम राख्छिन ? थाहा पाउन हलसम्म पुग्नु पर्नेछ ।’

सुवर्ण थापा निर्देशित सिनेमामा सृष्टिसंगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा निर्देशक थापाको लेखन, कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

यो सिनेमालाई सौगात मल्ल, देवकी विष्ट र विक्रम दास जोशीले निर्माण गरेका हुन् ।

तस्विर: ज्ञानु राई