‘प्रकाश’ र ‘राधा’को बुकिङ खुल्यो, मल्टिप्लेक्सले दिए न्यून शोज

‘प्रकाश’ र ‘राधा’को बुकिङ खुल्यो, मल्टिप्लेक्सले दिए न्यून शोज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने दुई सिनेमा ‘प्रकाश’ र ‘द सिक्रेट अफ: राधा’को अग्रिम बुकिङ खुल्ला गरिएको छ ।

मल्टिप्लेक्स तर्फ सिनेमाको बुकिङ खुला गरिएको हो । प्रदीप खड्का, दीया मास्के अभिनित ‘प्रकाश’लाई क्युएफएक्स सिनेमाजले १५ शोज दिएको छ । भने, सृष्टि श्रेष्ठ स्टारर ‘राधा’ले १४ शो पाएको छ ।

बिग मुभिज, वान सिनेमाज, बिएसआर, सिडिसी, एफक्युब, आइएनआइ सिनेमाज, रन्जना, किर्तिपुर, क्युज, विश्वज्योतिलगायतका मल्टिप्लेक्समा दर्शकले टिकट काट्न सक्नेछन ।

बुधबार सम्पन्न प्रिमियरमा ‘प्रकाश’ले उत्कृष्ट प्रतिक्रिया बटुलेका कारण दर्शक हल पुग्ने अपेक्षा गरिएको छ । दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

सुवर्ण थापाले निर्देशन गरेको ‘राधा’मा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

यो सिनेमाको बिहिबार बेलुका राजधानीमा प्रिमियर राखिएको छ ।

शुक्रबारबाटै रिलिज हुन लागेको हिन्दि सिनेमा ‘लाइगर’ले नेपाली मल्टिप्लेक्स कब्जा गरको छ । उसले अधिकांस शोज ओगट्दा नेपाली सिनेमा छायाँमा परेका छन् ।