फ्राईडे रिलिज : हलमा दुई नेपाली सिनेमा ‘प्रकाश र द सिक्रेट अफ राधा’

फ्राईडे रिलिज : हलमा दुई नेपाली सिनेमा ‘प्रकाश र द सिक्रेट अफ राधा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट नेपाली हलमा दुई सिनेमा ‘प्रकाश र द सिक्रेट अफ राधा’ रिलिज भएका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा गरिएको प्रिमियर शोमा दुवै सिनेमाले सिनेमाकर्मी र पत्रकारबाट उत्कृष्ट समिक्षा बटुलेका छन् । तर नेपालमा बिहिबार रातिबाट प्रदर्शनमा आएको भारतीय सिनेमा ‘लाइगर’को चेपुवामा दुवै नेपाली सिनेमा परेका छन् ।

हलको प्रथामिकतामा नेपालीभन्दा भारतीय सिनेमा पर्दा नेपाली सिनेमा न्युन शोमा खुम्चिनु परेको छ । माउथ पब्लिसिटीका कारण आइतबारबाट दुवै नेपाली सिनेमाको शोमा बढोत्तरी हुने विश्वास निर्माण टिमलाई छ । मल्टिप्लेक्स हलमा न्युन शोमा मिलेता पनि सिगंल स्क्रिन भने ‘प्रकाश र राधा’ले बराबरी बाँडेका छन् ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखकलगायतको अभिनय छ ।

सिनेमामा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

सुवर्ण थापाले निर्देशन गरेको ‘राधा’मा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक थापाले अभिनेता सौगात मल्ल र बिक्रमदास जोशीसँग सहकार्य गरेर सिनेमाको निर्माण गरेका हुन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन, एएमआइ फिल्मस्को प्रस्तुति तथा मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट सह-निर्माता रहेको सिनेमामा निर्देशक सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।