आइएमडीबिमा ‘लाइगर’लाई वर्ष कै खराब रेटिङ

आइएमडीबिमा ‘लाइगर’लाई वर्ष कै खराब रेटिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि रिलिज भएको हिन्दि सिनेमा ‘लाइगर’ले आइएमडीबिमा वर्ष कै खराब रेटिङ पाएको छ ।

रिलिज अगाडी प्रतिक्षित रहेको सिनेमालाई समिक्षकले कमजोर रेटिङ दिएका थिए । रिलिजको दोस्रो दिनसम्म आइएमडीबीमा रेट गर्ने प्रयोगकर्ताको संख्या १६ हजार ९०० पुगेको छ । तर, रेटिङले २ अंक पनि पार गर्न सकेको छैन ।

सिनेमालाई १ भन्दा कम रेटिङ दिने प्रयोगकर्ता ७६.४ प्रतिशत छन् । यस्तै १५ प्रतिशतले १० रेटिङ गरेका छन् । सिनेमाले समग्रमा १० मा १.७ रेटिङ पाएको छ । यो २०२२ मा रिलिज भएका हिन्दि सिनेमा मध्येको सर्वाधिक खराब रेटिङ हो ।

कमजोर रेटिङ पाउनेको सुचीमा ‘लाल सिंह चढ्ढा’ (५/१०), ‘शमशेरा’ (४.९/१०), ‘रक्षा बन्धन’ (४.६/१०) र ‘दोबारा’ (२.९/१०) छन् ।

पुरी जगन्नाध निर्देशित सिनेमामा विजय देवरकोन्डा, अनन्या पाण्डे, राम्या कृष्ण, रोनित रोयको मुख्य भूमिका छ ।

‘लाइगर’को झुर समिक्षा आएपछि नेपाली बक्सअफिसमा रिलिज भएका ‘प्रकाश’ र ‘राधा’ले विकडेजमा उछिन्ने अपेक्षा गरिएको छ ।