‘सम्हालिन्छ कहिले मन’ले ल्यायो एक तोला सुन जित्ने अफर

‘सम्हालिन्छ कहिले मन’ले ल्यायो एक तोला सुन जित्ने अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १७ देखि प्रदर्शनमा आउने सिनेमा ‘सम्हालिन्छ कहिले मन’ले दर्शकका लागि तीज अफर ल्याएको छ ।

हरितालिका तीजको अवसर पारेर निर्माणले ‘सम्हालिन्छ कहिले मन’को प्रचार सामाग्रीमा टिकटक बनाउँदा एक तोला सुन जित्ने अफर ल्याएको हो ।

यस प्रतियोगितामा सहभागी हुन् चाहनेले सिनेमाका तीन गीत र ट्रेलर मध्ये कुनैपनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्नेछन् । त्यसपछि #SKMfilm ह्याजट्याग गर्नु पर्नेछ । भदौ १९ राति १२ बजेसम्मको समयसिमा राखिएको प्रतियोगितामा भ्युज नै उत्कृष्टताको मापन हुनेछ । विजेतालाई २१ गते पुरस्कार वितरण गरिनेछ ।

यतिबेला ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीतसहित ‘जरुरी कुरा छ’ र ‘हराएँ हराएँ’ले चर्चा बटुलेका छन् । सिनेमाको ट्रेलरले समेत दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको छ । यी प्रचार सामाग्री नै प्रतियोगिताको लागि उपलब्ध हुनेछन ।

सुदर्शन थापाको निर्देशन रहेको सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक थापाले यस सिनेमालाई अहिलेसम्म कै उत्कृष्ट मेकिङ भन्दै आइरहेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको अधिकांस छायांकन युकेमा गरिएको हो ।

संजय लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।