‘झिँगेदाउ’की जेठानी केकी अधिकारी (फोटोफिचर)

‘झिँगेदाउ’की जेठानी केकी अधिकारी (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १७ देखि प्रदर्शनमा आउने सिनेमा ‘झिँगेदाउ’मा अभिनेत्री केकी अधिकारीले जेठानीको भूमिका निर्वाह गरेकी छन् ।

सिनेमाको रिलिज डेट नजिकिएसंगै केकीको व्यस्तता बढ्दो छ । अमेरिका र दुबईको शो सकेर यसै साता नेपाल ल्याण्ड भएकी केकीलाई ‘झिँगेदाउ’को प्रचारमा भ्याई नभ्याई छ ।

प्रदीप भारद्वाजले लेखन र ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमाबाट केकीले निक्कै ठुलो आशा बोकेकी छन् । भीमनिधि तिवारीको कृतमा आधारित भएका कारणपनि सिनेमालाई लिएर आत्मविश्वास बढेको बताउछिन केकी ।

सिनेमामा केकीसंगै आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको मुख्य भूमिका छ । सिनेमामा केकीले निर्वाह गरेकी चरित्रको नाम सीता हो । उनै सीतालाई द सिनेमा टाइम्स फोटोपत्रकार ज्ञानु राईले क्यामेरामा कैद गरेका छन् ।