‘झिँगेदाउ’की देउरानी आँचल शर्मा – फोटोफिचर

‘झिँगेदाउ’की देउरानी आँचल शर्मा – फोटोफिचर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री आँचल शर्माका लागि सिनेमा ‘झिँगेदाउ’ विशेष छ । उनि तीन वर्षपछि ठुलो पर्दामा ब्याक भएकी छन् ।

आँचलले ‘झिँगेदाउ’मा आफु ‘कम्फर्ट जोन’बाट बाहिर रहेर काम गरेको बताउछिन । यस मानेमा उनका लागि ‘झिँगेदाउ’ विशेष छ । प्राय: सिनेमामा लभरगर्लको रुपमा देखिंदै आएकी आँचलले यस सिनेमामा देउरानीको भूमिका निर्वाह गरेकी छन् । उनको जेठानीको भूमिका अभिनेत्री केकी अधिकारीले निर्वाह गरेकी छन् ।

प्रदीप भारद्वाजको लेखन र ज्ञानेन्द्र देउजाको निर्देशन रहेको सिनेमामा आँचल र केकीसंगै मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका छ । सिनेमामा आँचलको जोडी कुशलसंग बाँधिएको छ । आँचलले निर्वाह गरेको चरित्रको नाम राधा हो । उनै सुन्दरी राधाका केहि तस्विरहरु प्रस्तुत गरिएको छ ।

तस्विर: ज्ञानु राई