फिल्म फेयरमा रणवीर र कृति उत्कृष्ट, ‘सरदार उधम’ले जित्यो सर्वाधिक अवार्ड

फिल्म फेयरमा रणवीर र कृति उत्कृष्ट, ‘सरदार उधम’ले जित्यो सर्वाधिक अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको प्रतिष्ठित फिल्म फेयर अवार्डमा रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

मंगलबार राति मुम्बईको जिओ वर्ल्ड सेन्टरमा सम्पन्न ६७ औं समारोहमा रणवीरले सिनेमा ‘८३’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । यस विधामा उनले सिद्धार्थ मलहोत्रा, धनुष र विक्की कौशललाई पाखा लगाए ।

यस्तै विधा बालन, परनिती चोपडा, ताप्सी पन्नु र कियरा आडवाणीलाई उछिन्दै कृति सेनोनले सिनेमा ‘मिमि’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

सिनेमा ‘शेरशाह’ले उत्कृष्ट सिनेमाको अवार्ड जित्दा ‘सरदार उधम’ले सर्वाधिक ९ विधामा वर्चश्व जमायो । ‘शेरशाह’बाटै विष्णुवर्धनले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

समारोहमा निर्देशक सुवाष घईलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

अवार्ड विजेताको पूर्ण सुची 

सिनेमा: शेरशाह 

निर्देशक: विष्णुवर्धन – शेरशाह

अभिनेता: रणवीर सिंह – ८३

अभिनेत्री: कृति सेनोन – मिमि

सहअभिनेता: पंकज त्रिपाठी – मिमि

सहअभिनेत्री: साइ तम्हानकर – मिमि

डेब्यु अभिनेता: एहान भट्ट – ९९ संग्स

डेब्यु अभिनेत्री: शर्वारी वाग – बन्टी और बबली २

डेब्यु निर्देशक: सीमा पह्वा – रामप्रसाद की तेह्र्वी

कथा: अभिषेक कपूर, सुप्रतिक सेन, तुसार परंजापे – चण्डीगढ करे आशिकी

पटकथा: शुबेन्धु भट्टाचार्य, रितेश शाह – सरदार उधम

संवाद: दिवाकर बनर्जी, वरुण ग्रोवर – सन्दीप और पिंकी फरार

संगीत: तनिक्स बाग्ची, बि प्राक, जानी, जस्लिन रोयल, जावेद-मोहसिन, विक्रम मोन्त्रोसे – शेरशाह

गीतकार: कौसर मुनिर – ८३

गायक: बि प्राक – मन भर्या – शेरशाह

गायिका: एसीस कौर – रातां लम्बिया – शेरशाह

सम्पादन: शेरशाह

प्रोडक्सन डिजाइन: सरदार उधम

कोरियोग्राफी: चकाचक – अतरंगी रे

छायांकन: सरदार उधम

साउण्ड डिजाइन: सरदार उधम

ब्याकग्राउण्ड स्कोर: सरदार उधम

कस्ट्युम डिजाइन: सरदार उधम

एक्सन: शेरशाह

स्पेशल इफेक्ट्स: सरदार उधम 

क्रिटिक्स च्वाइस

सिनेमा: सरदार उधम

अभिनेता: विक्की कौशल – सरदार उधम

अभिनेत्री: विद्या बालन – शेरनी