दर्शकले रुचाएको ‘सम्हालिन्छ कहिले मन’लाई ‘वर्ड अफ माउथ’को भर

दर्शकले रुचाएको ‘सम्हालिन्छ कहिले मन’लाई ‘वर्ड अफ माउथ’को भर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको अभिनय रहेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकले रुचाएका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमाको कथाबस्तु, मेकिङ, कलाकारको अभिनय र क्लाइमेक्स अत्याधिक मन परेको दर्शकले प्रतिक्रिया दिएका छन् । दर्शक प्रतिक्रियाबाट उत्साहित निर्माण पक्षले वीकडेजमा पनि सिनेमाको व्यापार राम्रो हुने अपेक्षा राखेको छ ।

शुक्रबार बक्सअफिसमा औसत ओपनिङ गरेको सिनेमाले शनिबार राम्रो व्यापार गरेको थियो । शुक्रबार नै केहि हल हाउसफुल भएका सिनेमाको शनिबार अधिकांस हल भरिएका थिए । सिनेमाका कलाकारहरु हल पुग्दा दर्शक क्रेज थामिनसक्नु थियो ।

सुदर्शन थापाले निर्देशन गरेको सिनेमाले त्रिकोणात्मक प्रेमकथा भन्छ । सिनेमामा पूजा, आकाश र सोनम केन्द्रिय भूमिकामा छन् । सोनमले डेब्यु सिनेमाबाटै उत्कृष्ट प्रतिक्रिया पाएका छन् । यस्तै पूजा र आकाशले पनि तारिफ बटुले ।

सिनेमामा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि मुख्य भूमिका छ ।

सिनेमाको ९० प्रतिशत छायांकन युकेमा भएको हो । सौरभ लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।