सलमानले घोषणा गरे सिनेमा ‘किसी का भाई किसी का जान’

सलमानले घोषणा गरे सिनेमा ‘किसी का भाई किसी का जान’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खानले नयाँ सिनेमा ‘किसी का भाई किसी का जान’ निर्माण घोषणा गरेका छन् । उनले टाइटल अनाउन्समेन्ट भिडियो मार्फत सिनेमा निर्माणको घोषणा गरेका हुन् ।

टिजरमा सलमानको चरित्र चित्रण गरिएको छ । लामो कपाल, ब्राउन शर्ट, डेनिम जिन्समा सजिएका सलमानले दमदार इन्ट्री गरेका छन् ।

फरहाद साम्जील निर्देशन गर्ने सिनेमाको वर्किङ टाइटल ‘कभी इद कभी दिवाली’ थियो ।

सलमान खान फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमामा वेंकटेश दग्गुबति, जगपति बाबु, पूजा हेग्डे, रागव जुयाल, जस्सी गील, शेहनाज गीललगायतका कलाकारको अभिनय रहनेछ ।

‘बिग बोस’ फेम्ड शेहनाजले यहि सिनेमाबाट बलिउड डेब्यु गर्दैछिन् ।