बलियो ‘वर्ड अफ माउथ’ले ‘झिँगेदाउ’को व्यापार वीकडेजमा पनि सशक्त

बलियो ‘वर्ड अफ माउथ’ले ‘झिँगेदाउ’को व्यापार वीकडेजमा पनि सशक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’ले राम्रो व्यापारको शिलशिलालाई कायम राख्न सफल भएको छ ।

वीकडेजमा सिनेमाको व्यापार राम्रो छ । मुख्य स्टेशनहरुमा मंगलबारपनि ५० देखि ८० प्रतिशतसम्मको अकुपेन्सी सिनेमाले कायम गरिरहेको छ । वीकडेजका लागि जुन राम्रो ट्रेन्ड हो ।

नेपाली बक्सअफिसमा रिलिज भएका अन्य सिनेमा भन्दा ‘झिँगेदाउ’को व्यापार अग्रस्थानमा देखिएको छ । शुक्रबार औसत ओपनिङ गरेको सिनेमाले शनिबार हाउसफुलको व्यापार गरेको थियो । आइतबारदेखि प्राय: सिनेमाको व्यापारमा गिरावट आउने भएपनि ‘झिँगेदाउ’को हक त्यो लागु भएन ।

सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो रहेकाले मल्टिप्लेक्समा शोज थपिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले दर्शकलाई धन्यवाद दिएका छन् ।

दाजु-भाई र देउरानी-जेठानीको घर झमेलाको कथा भन्ने सिनेमालाई दर्शकले मनोरन्जात्मक र मौलिक भनेका छन् ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।