मणिरत्नमको ‘पीएस-१’ ट्रेलर रिलिज

मणिरत्नमको ‘पीएस-१’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भेट्रान निर्देशक मणिरत्नमको सिनेमा ‘पोनियिन सेल्भान’ अर्थात् ‘पीएस-१’को ट्रेलर रिलिज गरिएको छ ।

साढे ३ मिनेट लामो ट्रेलरले दक्षिण उपमहाद्वीपको शक्तिशाली चोल राजवंशमा सत्ता संघर्षको कथा भन्छ । यो सिनेमा ६७ वर्ष पुरानो कल्की कृष्णमुर्ति लिखित उपन्यास ‘पोनियिन सेल्भान’मा आधारित छ ।

सार्वजनिक ट्रेलरमा चोल राजवंशको भव्यता देखाइएको छ । सिनेमाको भीएफएक्स दमदार देखिन्छ ।

भारतमा पाँच भाषामा रिलिज हुन् लागेको सिनेमाको ओर्जिनल भाषा तामिल हो ।

सिनेमामा विक्रम, ऐश्वर्य राय बच्चन, जयम रवि, कार्थी शिवकुमार, त्रिशा कृषण, ऐश्वर्य लक्ष्मी, सोभिता धुलिपला, प्रभु गनेशण, आर सरथकुमार, विक्रम प्रभु, जयराम, प्रकाशराजलगायतका कलाकारहरुको अभिनय छ ।

५ सय करोडको बजेटमा निर्मित सिनेमा सेप्टेम्बर ३० देखि प्रदर्शनमा आउदैछ ।