ऋतिक र सैफ स्टारर ‘विक्रम वेधा’को ट्रेलर रिलिज

ऋतिक र सैफ स्टारर ‘विक्रम वेधा’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमा ‘विक्रम वेधा’को ट्रेलर रिलिज भएको छ ।

डार्क एक्सन थ्रिलर सिनेमाको ट्रेलरमा मुख्य कलाकार सैफअलि खान र ऋतिक रोशन बीचको टक्कर देखाइएको छ । दुई बीचको एक्सन दृश्यले मन जित्छ । ट्रेलरलाई विजयराजले न्यारेट गरेका छन् ।

सिनेमामा ऋतिकले वेधा र सैफले विक्रमको भूमिका निर्वाह गरेका छन् । ऋतिक सिनेमाका भिलेन हुन् । सत्य र झुट बीचको फरक छुट्याउने सिनेमाको ट्रेलर दमदार बनेको छ ।

पुष्कर गायत्रीले निर्देशन गरेको सिनेमा २०१७ मा रिलिज भएको तामिल सिनेमा ‘विक्रम वेधा’को रिमेक हो । ओर्जिनल सिनेमापनि पुष्करले नै निर्देशन गरेका हुन् ।

३० सेप्टेम्बरमा रिलिज हुने सिनेमामा सैफ र ऋतिकका अलावा राधिका अप्टे, रोहित सराफ, योगिता विहानी, शरिब हास्मीलगायतका कलाकारहरुको अभिनय छ ।