‘बाबरी’ जोडी ~ फोटोफिचर

‘बाबरी’ जोडी ~ फोटोफिचर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘बाबरी’ यतिबेला चर्चामा छ ।

धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर अभिनित सिनेमा सुरुदेखि नै स्टारकास्टका कारण चर्चामा थियो । ‘कृ’ डेब्यु अदिति र ‘इन्टु मिन्टु लण्डनमा’बाट उदाएका धिरज मगरको दोस्रो सिनेमा र पहिलो सहकार्य भएका कारणपनि ‘बाबरी’ दर्शकका लागि प्रतिक्षित बनेको छ ।

ट्रेलर र गीत रिलिजपछि सिनेमाको चर्चा झनै चुलिएको छ । प्रचार सामाग्रीले पाएको चर्चासंगै उत्साहित अदिति र धिरज मगर यतिबेला प्रमोसनमा जुटेका छन् । डेब्यु अभिनेता धिरज नाडकर भने केहि दिनमा दार्जिलिङबाट नेपाल आउनेछन ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमाका ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चार्टबस्टरमा हिट छन् ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ ।

द सिनेमा टाइम्स फोटोपत्रकार ज्ञानु राईले कैद गरेका केहि तस्विरहरु