‘ब्रमास्त्र’को बम्पर ओपनिङ, पहिलो दिनको कलेक्सन ७५ करोड

‘ब्रमास्त्र’को बम्पर ओपनिङ, पहिलो दिनको कलेक्सन ७५ करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउडको सुपरहिरो सिनेमा ‘ब्रमास्त्र’ले बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ ।

रनबिर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय स्टारर सिनेमाले पहिलो दिन विश्वव्यापी ७५ करोड भारु ग्रस कलेक्सन गर्यो ।

घरेलु बक्सअफिसमा ३७ करोडको ओपनिङ गरेको सिनेमाले हिन्दि भर्सनमा मात्रै ३२ करोड ग्रस कलेक्सन गर्यो । तीन वर्ष अगाडी रिलिज भएको ‘वार’पछि ‘ब्रमास्त्र’ले बलिउडलाई सबै भन्दा ठुलो ओपनिङ दिएको हो ।

कोरोनापछि सुस्ताएको बलिउड बक्सअफिसलाई ‘ब्रमास्त्र’ले पुन: ब्युत्याइदिएको छ । यसले ओरालो लागेको बक्सअफिसमा प्राण भरेको छ ।

समिक्षकबाट मिस्रित प्रतिक्रिया पाएको सिनेमाले नेपालमा पनि बम्पर ओपनिङ गरेको छ । तर बक्सअफिस अंक सार्वजनिक भएको छैन ।

आयन मुखर्जी निर्देशित सिनेमामा नागर्जुन अक्किनेनी, डिम्पल कबाडिया, सौरभ गुल्जारलगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमामा अभिनेता शाहरुख खानले विशेष केमियो भूमिका निर्वाह गरेका छन् ।