anmol jasita

दोस्रो हप्तामा पनि ‘झिँगेदाउ’को आक्रमक व्यापार, २ करोड ५४ लाख कलेक्सन

दोस्रो हप्तामा पनि ‘झिँगेदाउ’को आक्रमक व्यापार, २ करोड ५४ लाख कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’ अहिले बक्सअफिसमा सफलताका साथ चलिरहेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार औषत व्यापार गरेको सिनेमाले दर्शकबाट मिलेको वर्ड अफ माउथका कारण शनिबारबाट आक्रमक व्यापार गरिरहेको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा सिनेमाको नौ दिनको कमाइ १ करोड ७० लाख रुपैयाँ ग्रस छ । शनिबारसम्मको अकुपेन्सी र सर्भर जडान नभएका हलको आँकडा हेर्दा ‘झिँगेदाउ’को कमाइ करिब २ करोड २५ लाख रुपैयाँ रहेको अनुमान छ । वर्ड अफ माउथको कारण सिनेमाले विकडेजमा पनि राम्रो कमाइ गरिरहेको छ ।

दोस्रो हप्ताको आइतबार पनि सिनेमाले मुख्य मल्टिप्लेक्समा ४० देखि ६० प्रतिशत अकुपेन्सी र एकल पर्दामा ३० देखि ४० प्रतिशत छ, जुन निकै उत्साहजनक रहेको वितरकले जानकारी दिएका छन् । सिनेमाले आइतबारसम्म २ करोड ५४ लाख ग्रस कलेक्सन गरेको छ । यो ‘कबड्डी ४’पछि बक्सअफिसमा नेपाली सिनेमाले सवैभन्दा धेरै व्यापार हो ।

केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको सिनेमाले प्रदर्शनको १०औं दिनसम्मपनि दर्शक कमि महशुस गर्नु परेको छैन । दोस्रो शनिबार प्राप्त शोज हाउसफुल भएपछि केहि हलले अतिरिक्त शो थपेका थिए । यस्तै, आइतबारबाट सिनेमा हलमा राम्रो शो र अनुपेन्सी सहित प्रदर्शन भैरहेको छ ।

पारिवारिक घर झमेलाको कथा भन्ने सिनेमालाई दर्शकले उत्कृष्ट भनिरहेका छन् । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो । सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सह-निर्माण छ ।