बलिउडका कमेडीयन राजू श्रीवास्तवको निधन

बलिउडका कमेडीयन राजू श्रीवास्तवको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुधवार दिल्ली एम्समा उपचारको क्रममा भारतीय कमेडियन राजू श्रीवास्तवको निधन भएको छ । ४१ दिनदेखि अस्पतालमा उनको उपचार भइरहेको थियो । उनको परिवारले राजू श्रीवास्तवको निधनको पुष्टि गरेको हो ।

१० अगस्टमा जिममा एक्सरसाइज गर्ने क्रममा उनको स्वास्थ्य अचानक विग्रिएको थियो र अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले हार्ट अट्याक पुष्टि गरेका थिए । राजू श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो ।

राजूको जन्म २५ डिसेम्बर १९६३ मा कानपुरको नयापुरवामा भएको थियो । सन् १९९३ बाट उनको हाँस्य यात्रा सुरु भएको थियो । सन् १९८० मा उनी कानपुरबाट मुम्बई भागेका थिए । घरबाट भाग्ने क्रममा नाम कमाएर मात्र फर्किने वाचा गरेका उनले मुम्बईमा वर्षौं संघर्ष पश्चात् ठूलो नेम र फ्रेम पाएका थिए ।

घरबाट भागेर मुम्बई आएपछि उनले पैसाका लागि अटो चलाउन सुरु गरेका थिए । उनलाई अटोमा नै पहिलो स्ट्यान्ड(अप कमेडी शोको मौका मिलेको थियो । त्यसका लागि उनलाई ५० रुपैयाँ मिलेको थियो । उनलाई भारतमा स्ट्यान्डअप कमेडीको सुरुवात गर्ने कमेडियन भन्ने गरिन्छ । राजूले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’, ‘एक स्ट्यान्ड(अप कमेडी शो’बाट ठूलो सफलता पाएका थिए ।

राजुले सिनेमामा समेत अभिनय गरेका छन् । सिनेमा ‘तेजाब’बाट बलिउड यात्रा सुरु भएको थियो । यसपछि उनले ‘मैंने प्यार किया’, ‘बाजीगर’, ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’, ‘बिग ब्रदर’, ‘बम्बे टू गोवा’ लगायतका सिनेमामा महत्त्वपूर्ण भूमिका निर्वाह निभाए । उनले आफ्नो करियरमा १६ सिनेमा र १४ टीभी शोमा काम गरेका छन् ।