‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ सम्पन्न (फोटो सहित)

‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ सम्पन्न (फोटो सहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार चलचित्र बिकास बोर्डको हलमा ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ सम्पन्न भएको छ । अभिनेत्री रेजिना उप्रेती र विमला केसीले आयोजक रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन र बिशिष्ट अतिथि बिकास बोर्ड अध्यक्ष भुवन केसी थिए ।

‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’मा नौ अभिनेत्रीलाई सम्मानित गरिएको हो । रेजिना इन्टरटेनमेन्ट र शहिद फिल्मस्को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीहरुलाई उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गर्नुभएको थियो । सिनेमा क्षेत्रमा योगदान पुर्याए वापत अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियंका कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान गरिएको हो ।

उपराष्ट्रपति पुनले माला, दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो । उहाँले सम्मानित सम्पूर्णलाई बधाई दिदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ आगामी दिनमा निरन्तर दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘दसैँको सुरुवातमा नवनारीलाई सम्मान गर्न पाउँदा खुसि लागेको छ । सम्मानित सम्पुर्णलाई शुभकामना ।’

कार्यक्रम आयोजक अभिनेत्री रेजिना उप्रेतीले नेपाली सिनेमालाई प्रतिनिधित्व गर्ने नारीलाई सम्मान गर्न पाउँदा खुसि लागेको बताइन् । उनले भनिन् ‘उहाँहरुको कलाकारिता र योगदानको मुल्यांकन गर्दै सम्मान प्रदान गरेका हौँ । हामीलाई लोकप्रियताले प्रभावमा पारेको छैन ।’

तस्वीर : ज्ञानु राई