दर्शकको रोजाई कमेडी र सोसल ड्रामा भएकाले ‘के घर के डेरा’ सफल हुन्छ : विपिन

दर्शकको रोजाई कमेडी र सोसल ड्रामा भएकाले ‘के घर के डेरा’ सफल हुन्छ : विपिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्की अभिनित सिनेमा ‘के घर के डेरा’ तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्र के खनाल निर्देशित सिनेमा कलाकार र निर्देशकका कारण पनि सिनेमाप्रति दर्शकको अपेक्षा उच्च छ । ट्रेलर हेर्दा विपिनको चरित्र सिनेमामा सबैभन्दा शक्तिशाली देखिन्छ । एकपटक फेरि उनले आफूलाई भिन्न चरित्रमा प्रस्तुत गरेका छन् ।

निर्देशक खनाल निर्देशित ‘पशुपति प्रसाद’मा निभाएको भष्मे डनको चरित्रले विपिनलाई दर्शकमाझ परिचित बनाएको थियो । अब उनी ‘के घर के डेरा’मा निर्वाह गरेको शंखे दादाको चरित्र आफ्नो नयाँ नाम बन्नेमा विश्वस्त छन् । विपिन भन्छन्, ‘मलाई विभिन्न सिनेमाको चरित्रको नामबाट दर्शकले चिन्नुहुन्छ । त्यसमा ‘भष्मे डन’ पनि पर्छ । अब चाहिँ सिनेमा ‘के घर के डेरा’को शंखे दादाको चरित्रबाट पनि चिन्नुहुन्छ भन्ने लाग्छ ।’

शंखे दादाको चरित्रबाट आफूले लकडाउनमा केही गर्न नपाउँदाको भडास निकालेको विपिनको बताउँछन् । आफ्नो चरित्रको बारेमा विपिन अगाडि भन्छन्, ‘यसअघि मेरा चरित्रलाई जसरी रुचाइयो, शंखे दादालाई पनि दर्शकले मन पराउनुहुन्छ भन्ने लाग्छ । मेरो क्यारेक्टरले एकदमै ह्यूमर बोकेको छ । मलाई बोलाइने विभिन्न उपनाममा अब शंखे दादा पनि थपिनेमा विश्वस्त छु ।’

उनी ‘के घर के डेरा’लाई घर-घरको कथा भन्न रुचाउँछन् । अहिलेको सिनारियोमा कमेडी, ह्यूमर र सोसल ड्रामालाई दर्शकले अत्याधिक रुचाएका कारण यी सबै कुराको समिश्रण सिनेमामा रहेकाले सफल हुने उनको विश्वास छ ।

यस्तै, अभिनेता कार्कीले आफुलाई सिनेमाको क्यारेक्टरमा छिरेपछि बाहिर निस्कन निकै समय लाग्ने बताए । जस कारण आफुले क्यारेक्टरबाट बाहिर निस्कन सहज बनाउँनको लागि आफुले सिनेमामा प्रयोग गरेको कुनैपनि ड्रेस छायांकन पश्चात प्रयोग नगर्ने गरेको खुलाए । आफुले अरुवेला सिनेमामा प्रयोग गरेको ड्रेस लगाएमा पुन त्यही क्यारेक्कटरमा फर्किने डरले यस्तो गर्ने बताए ।

सिनेमामा उनको जोडी अभिनेत्री बर्षा राउतसँग बाँधिएको छ । सिनेमामा उनीहरुलाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ । ‘जात्रा’ सिरिजपछि तेस्रो पटक विपिन र बर्षा श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदैछन् । यो जोडीलाई अघिल्ला दुई सिनेमामा दर्शकले निकै रुचाएकाले पनि के घर के डेरामा पनि रुचाइने विश्वास निर्माण टिमलाई छ ।

दीपेन्द्र के. खनाल निर्देशित सिनेमाको पटकथा तथा संवाद महेश दवाडीको हो । सिनेमामा दयाहाङ, सुरक्षा र विपिनका अलवा वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।