रनवीर र आलिया दम्पत्तिलाई पुत्रीलाभ

रनवीर र आलिया दम्पत्तिलाई पुत्रीलाभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रनवीर कपुर दम्पत्तिलाई पुत्रीलाभ भएको छ । अभिनेत्री भट्टले आइतवार विहान मुम्बईको एचएन रिलायन्स हस्पिटलमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । गत मार्चमा आलियाले लण्डनको अस्पतालमा भिडियो एक्स-रे गरेको तस्विर राख्दै आफू आमा बन्न लागेको खुसी साटेकी थिइन् । ५ वर्ष लामो प्रेम सम्बन्धलाई १४ अप्रिल २०२२ मा आलिया र रणवीर कपूरले विवाहमा परिणत गरेका थिए ।

आलियाले छोरीलाई जन्म दिएको एचएन रिलायन्स हस्पिटल त्यही हो, जहाँ रणवीरका पिता तथा अभिनेता ऋषि कपूर भर्ना भएका थिए भने त्यहीँ निधन भएको थियो । आलिया र रणवीरले पिताको निधन भएको अस्पतालमा नै पहिलो बच्चालाई स्वागत गर्ने निर्णय गरेका थिए ।

आलियाले विवाह बन्धनमा बाँधिएको चार महिनामा आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । रणवीर र आलियाले पहिलो पटक एकसाथ काम गरेको सिनेमा ‘ब्रह्मास्त्र’ गत सेप्टेम्बरमा प्रदर्शन भएको थियो । आमा-बुबा बनेका अलिया र रणवीरलाई प्रशंसक र बलिउडकर्मीबाट बधाईको ओइरो लागेको छ ।