पोस्टपोन्ड भयो प्रभाषको ‘आदिपुरुष’, अब १६ जुनमा हुनेछ रिलिज

पोस्टपोन्ड भयो प्रभाषको ‘आदिपुरुष’, अब १६ जुनमा हुनेछ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भुमिका रहेको सिनेमा ‘आदिपुरुष’को रिलिज पोस्टपोन्ड गरिएको छ । यसअघि अर्को बर्षकोे जनवरी १२ तारिखमा प्रदर्शन हुने भनिएको सिनेमा अब जुन १६ मा प्रदर्शन हुनेछ ।

सोमबार निर्माण टिमले सिनेमाको भिएफएक्समा अझै केहीसमय लाग्ने भएपछि रिलिज पोस्टपोन्ड गर्नु परेको उल्लेख गरेको छ । सिनेमाका मुख्य अभिनेता प्रभाषको जन्मदिनको अवसर पारेर सार्वननिक गरिएको टिजरले दर्शकबाट नकारात्कम प्रतिक्रिया पाएसँग निर्माण टिम झस्किएको बलिउड मिडियाले जनाएका छन् ।

सार्वजनिक टिजरमा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको । कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन् । टिजरले दर्शकबाट प्रशंसाभन्दा धेरै आलोचना पाएको थियो । सिनेमामा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्म भनेका थिए ।

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो । सस्तो भिएफएक्समा सिनेमा बनाएको भन्दै आदिपुरुषका निर्माण टिमको आलोचना समेत भएको थियो । फलस्वरुप निर्माण टिम सिनेमाको रिलिज पोस्टपोन्ड गर्दै भिएफएक्सको काम पुनः गर्ने तयारी गरिरहेको छ ।

ओम राउत निर्देशनमा निर्माण भएको सिनेमालाई टिसिरिजको व्यानरमा भुषण कुमारले निर्माण गरेका हुन् ।