‘आदिपुरुष’मा थप सय करोड लगानी, भारत कै महँगो सिनेमा बन्ने

‘आदिपुरुष’मा थप सय करोड लगानी, भारत कै महँगो सिनेमा बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेलुगु सुपरस्टार प्रभास अभिनित ‘आदिपुरुष’ भारतीय सिनेमा इतिहासकै महँगो सिनेमा बन्ने भएको छ ।

यस पौराणिक ड्रामामा अहिलेसम्म ४ सय ५० करोड बढी रकम खर्च भैसकेको छ । २०२३ को जनवरीमा रिलिज हुने भनिएको सिनेमा पुन: सम्पादनका लागि पोस्टपोन्ड भएको छ ।

ओम राउत निर्देशित सिनेमा अब जुन १६ मा रिलिज हुनेछ । यस बीचको समयमा सिनेमाको भिएफएक्स सम्पादन गरिनेछ । जसको लागि सय करोड माथिको रकम खर्च हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

एक महिना अगाडी निर्माण पक्षले सिनेमाको टिजर सार्वजनिक गरेको थियो । तर कमजोर भिएफएक्सको कारण सिनेमा ट्रोल बन्यो ।

सिनेमाको कार्टूनिस्ट भिएफएक्स र प्रभासको नक्कली शरीरको मजाक उडाइएको थियो । हिन्दू महाकाव्य ‘रामायण’बाट प्रभावित सिनेमाको भिएफएक्सलाई लिएर दर्शकले असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसैले सिनेमा पुन: सम्पादनको लागि निर्माण पक्षले रिलिज डेट सार्न बाध्य भयो । दोस्रो चरणको सय करोड माथिको लागतले ‘आदिपुरुष’लाई भारत कै महँगो सिनेमा बनाउनेछ ।

५ सय ५० करोडको बजेटमा निर्मित ‘आरआरआर’ भारतको सबैभन्दा महँगो सिनेमा हो । रिलिजसम्म ‘आदिपुरुष’ले ‘आरआरआर’को रेकर्ड तोड्दै भारत कै महँगो सिनेमा बन्नेछ ।

भुषण कुमार, क्रिषण कुमार र ओम राउतको लगानीमा निर्माण हुने सिनेमामा प्रभाससंगै सैफअलि खान, कृति सेनोन, सन्नी सिंह, देवदत्त नागेलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा प्रभासले भगवान ‘राम’ र सैफअलिले ‘रावण’को भूमिका निर्वाह गरेका छन् । भने कृतिलाई ‘सीता’को भूमिकामा देख्न सकिन्छ ।