बलिउड सिनेमा ‘उचाइ’का निर्देशक र कलाकारलाई पर्यटन बोर्डले सम्मान गर्ने

बलिउड सिनेमा ‘उचाइ’का निर्देशक र कलाकारलाई पर्यटन बोर्डले सम्मान गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा उचाईले नेपाली बक्सअफिसमा पनि राम्रो व्यापार गरिरहेकको छ । दर्शकको राम्रो वर्ड अफ माउथले सिनेमाको व्यापार वीकडेजमा पनि राम्रो रहेको वितरक सुनिल सुनिल मानन्धर बताउँछन् ।

यसैवीच नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा योगदान र्पुयाएको भन्दै बलिउड सिनेमा ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी थालेको छ । विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बोर्डले सम्मानको तयारी गरिरहेको बताएका हुन् । यदी ‘उचाई’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिने बताए ।

प्रदर्शनरत सिनेमा उचाईको कास्ट एण्ड क्रिउ नेपाल आउने अवस्था नभएमा भने मुम्बई पुगेरै सम्मान गर्ने उनले जानकारी दिए । बैठकमा सहभागी विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटन बोर्डसँग चलचित्र बिकास बोर्डले सहकार्य गर्ने बताए । बोर्डले उचाइका निर्देशक र कलाकारको सुटिङ अनुभवसम्बन्धी भनाई वेबसाइटमा समेत राख्ने तयारी भैरहेको अध्यक्ष जानकारी दिएका छन् ।

आगामी शुक्रबार सिभिल मलस्थित हलमा पर्यटन व्यवसायीले हल नै बुकिङ गरेर सिनेमा हेर्ने भएका छन् । सूरज बडजात्याद्वारा निर्देशित सिनेमामा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता र सारिकाकसँगै नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ ।