सुनील शेट्टीको अडान ‘हेरा फेरी ३’मा अक्षय नै हुनुपर्ने

सुनील शेट्टीको अडान ‘हेरा फेरी ३’मा अक्षय नै हुनुपर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरहिट बलिउड सिनेमा ‘हेरा फेरी’को २० वर्षपछि तेस्रो श्रृंखला निर्माण हुँदैछ । यसअघिका दुई श्रृंखलामा मुख्य भूमिका निवार्ह गरेका अक्षय कुमारलाई तेस्रो सिरिजमा अभिनेता कार्तिक आर्यनले रिप्लेस गरेका छन् ।

निर्माताले महंगो पारिश्रमिकका कारण अक्षयलाई लिन नसकेको चर्चा छ भने अक्षयले स्क्रिप्ट चित्त नबुझेपछि काम गर्न स्वीकार गरेको स्पष्टिकरण दिएका छन् । ‘हेरा फेरी’ सिरिजका मुख्य कलाकार सुनील शेट्टीले भने सिनेमामा अक्षय कुमारको विकल्प नभएको बताएका छन् । ‘हेरा फेरी ३’ मा दर्शकले अक्षय कुमार, परेश रावल र आफुलाई नै देख्न चाहेकाले अक्षयलाई रिप्लेस गर्न नहुने तर्क छ ।

उनले कार्तिकसँग निर्माण टिमले अर्को चरित्रका लागि कुरा गरेकाले अक्षय रिप्लेस भएको कुरामा सत्यता नहुन सक्ने बलिउड मिडियासँग उल्लेख गरेका छन् । अक्षयको विना ‘हेरा फेरी ३’ आफ्ना लागि नयाँ अनुभव हुने पनि बताएका छन् । सुनीलले भनेका छन्, ‘सिनेमामा उनको कमी सधैं हुनेछ । अब फाइनल कास्ट के हुन्छ, त्यो हेर्न बाँकी छ । अहिले मलाई सिनेमाको बारेमा त्यति धेरै जानकारी छैन । म अलिपछि अक्षय र अन्य व्यक्तिसँग कुरा गर्नेछु ।’

सुनीलले सिनेमामा अक्षयलाई यथावत् राख्न आफूले दुवै पक्षसँग सकेको पहल गर्ने पनि बताएका छन् । ‘हेरा फेरी ३’का लागि अक्षयसँग कुरा नमिल्नुको कारण पारिश्रमिक र प्रोफिट शेयर भनिएको छ । अक्षयले सिनेमामा काम गर्न ९० करोड पारिश्रमिक र केही प्रतिशत प्रोफिट शेयर मागेको र त्यो निर्मातालाई स्वीकार्य नभएपछि उनको ठाउँमा कार्तिकलाई साइन गराइएको भारतीय मिडियाले समाचार सम्प्रेण गरेका छन् ।