तेलुगु सुपरहिरो सिनेमा ‘हनुमान’को टिजर रिलिज, नेपाली हिमायलपनि समावेश

तेलुगु सुपरहिरो सिनेमा ‘हनुमान’को टिजर रिलिज, नेपाली हिमायलपनि समावेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तेलुगु सुपरहिरो सिनेमा ‘हनुमान’को टिजर रिलिज गरिएको छ । १ मिनेट ४२ सेकेण्ड लामो टिजर हिन्दु भगवान हनुमानबाट प्रभावित छ ।

टिजरमा हनुमानको परम शक्तिलाई वर्तमानसंग जोडिएको छ । टिजरमा केहि दमदार एक्सन दृश्यपनि समेटिएका छन् । ब्याकग्राउण्डमा बज्ने हनुमान चालिसा संगीतले दर्शकलाई सिनेमासंग जोड्छ ।

सिनेमाको टाइटल ब्याकग्राउण्डमा नेपाली हिमालयपनि देखाइएको छ । त्यहाँ सगरमाथा र नुप्त्सेलगायतका हिमाल देखिएका छन् ।

प्रशान्त वर्मा निर्देशित सिनेमामा तेजा सज्जा, अमृता ऐयेर, वरलक्ष्मी सरथकुमार, विनय राई, राजदीपक रेड्डीलगायतका कलाकारहरुको अभिनय छ ।

प्यान इन्डिया रिलिज हुने सिनेमाको प्रदर्शन मिति भने तय भएको छैन ।