‘उचाई’लाई लगानी उठाउनै मुस्किल

‘उचाई’लाई लगानी उठाउनै मुस्किल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमा ‘उचाई’ले नेपालमा राम्रो चर्चा कमायो । स्वदेशमा छायांकन गरिएको बलिउड सिनेमा भएका कारण हलसम्म दर्शक ओइरिए ।

तर अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेनजोङ्पा, परिनिती चोपडा, नीना गुप्ता अभिनित सिनेमालाई घरेलु बक्सअफिस मै लगानी उठाउन धौ-धौ परेको छ ।

प्रदर्शनको १३ औं दिनसम्म आइपुग्दा सिनेमाले घरेलु बक्सअफिसमा २५.८२ करोड भारु आर्जन गरेको छ । पहिलो साता १३.८० करोड कमाएको यो सिनेमाले यतिबेला अजय देवगण स्टारर ‘दृश्यम २’संग बक्सअफिस प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो साताको व्यापार ठिकठाक भएपनि सिनेमाको दोस्रो साताको व्यापार दिनहु ओरालो लागिरहेको छ । ३५ करोड बजेटमा निर्माण भएको सिनेमाले लाइफटाइम कलेक्सनमा लगानी छुने अपेक्षा गरिएको छ ।

तर बलियो समिक्षा प्राप्त ‘दृश्यम २’ र यो साता रिलिज हुने वरुण धवन स्टारर ‘भेडिया’संग भिड्दा लगानी रिकभर गर्ने लक्ष्यमा धक्का पुग्न सक्छ ।

सुरज वर्जत्य निर्देशित सिनेमाले मित्रता र ट्रेकिङको कथा पेस गर्छ । यो सिनेमा नेपालको मनाङ र सगरमाथा क्षेत्रमा खिचिएको छ ।