उल्लेख्य शोजका साथ् पाँचौं सातामा प्रवेश गर्यो ‘महापुरुष’

उल्लेख्य शोजका साथ् पाँचौं सातामा प्रवेश गर्यो ‘महापुरुष’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक ११ मा रिलिज भएको सिनेमा ‘महापुरुष’ सफलता पुर्वक प्रदर्शनको पाँचौं सातामा प्रवेश गरेको छ ।

प्रदीप भट्टराई निर्देशित सिनेमाको व्यापार पाँचौं सातामा पनि रोकिने छाँटकाँट छैन । सिंगल स्क्रिन तर्फ हल संख्या कटौती भएपनि मल्टिप्लेक्सले अहिलेपनि उल्लेख्य शोज प्रदान गरेका छन् ।

क्युएफएक्सले पाँचौं सातामा १६ शो प्रदान गरेको छ । यो औसत चर्चामा रहेका सिनेमाले पहिलो दिन पाउने शोज बराबरको हो । यस्तै बिग मुभिज, एफक्युब, सिडिसी, बिएसआर, क्युज, रन्जना, आइएनआइ, वान सिनेमाज र किर्तिपुर सिनेप्लेक्समा सिनेमाले २० शोज प्राप्त गरेको छ ।

बलियो ‘वर्ड अफ माउथ’ र पाँचौं सातामा प्राप्त शोज हेर्दा सिनेमाले अझै बक्सअफिसमा राज गर्ने संकेत देखाएको छ ।

प्रदर्शनको तेस्रो सातासम्म ७ करोड हारहारीको व्यापार गरेको सिनेमाको चौथौं साताको व्यापार भने सार्वजनिक भएको छैन । सिनेमाले प्रतिनिधि र प्रदेशसभाको चुनावको माहोलमा समेत राम्रो आम्दानि गर्न सफल भएको छ ।

निर्देशक भट्टराईको लेखनमा तयार सिनेमाले एकल पिताको एक्लोपन र विवाहको कथा पेस गर्छ । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, सिरु बिष्टलगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ ।

रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण रहेको सिनेमामा म्याक्स दिपेश खत्रीले लगानी गरेका छन् ।