बलिउड बक्सअफिस: ‘दृश्यम २’ले भर्यो प्राण, ‘भेडिया’ले पछ्याउदै

बलिउड बक्सअफिस: ‘दृश्यम २’ले भर्यो प्राण, ‘भेडिया’ले पछ्याउदै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अजय देवगण र तबू स्टारर बलिउड सिनेमा ‘दृश्यम २’ले हलसम्म दर्शक तान्न सफल भएको छ ।

दुई महिना अगाडी रिलिज ‘ब्रमास्त्र’पछि सुस्ताएको बलिउड बक्सअफिसमा ‘दृश्यम २’ले प्राण भर्न सफल भएको हो ।

सिनेमाले प्रदर्शनको १३ औं दिनसम्म १ सय ६० करोड भारु कमाउन सफल भयो । अक्षय खन्ना श्रीया सरन, इसिता दत्तलगायतको पनि अभिनय रहेको सिनेमा ८०-९० करोडको बजेटमा निर्माण भएको हो ।

१५.३८ करोडको उत्साहजनक ओपनिङ गरेको सिनेमाले पहिलो विकेन्डमा ६४.१४ करोड र पहिलो सातामा १०४.६६ करोडको व्यापार गरेको थियो ।

दोस्रो सातामा पनि उत्कृष्ट होल्ड गरेको सिनेमाले लाइफटाइम २ सय करोडमाथिको व्यापार गर्ने ट्रेन्ड देखिएको छ ।

अभिषेक पाठक निर्देशित क्राइम थ्रिलर सिनेमाले उत्कृष्ट समिक्षा प्राप्त गरेको छ । बलियो वर्ड अफ माउथको कारण सिनेमाले बक्सअफिसमा लामो दौड तय गर्न सक्छ ।

वरुणको ‘भेडिया’ मध्यम

यस्तै यसै शुक्रबारदेखि प्रदर्शनमा आएको वरुण धवन स्टारर ‘भेडिया’ले मध्यम व्यापार गरिरहेको छ ।

यस हरर कमेडी सिनेमाले प्रदर्शनको छैटौं दिनसम्म ३९ करोड भारु कमाएको छ । यो कमाई बलिउड मिडियाले मध्यम भनेका छन् ।

७.४८ करोडको ओपनिङ गरेको सिनेमाले विकडेजमा पनि राम्रो होल्ड गरिरहेको छ । विकेन्डमा २८.५५ करोड कमाएको सिनेमाले छैटौं दिनमा ३ करोड जम्मा गर्न सफल भयो ।

६० करोड बजेटमा निर्माण भएको सिनेमाले दोस्रो साताको अन्त्यसम्म लगानी रिकभर गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

अमर कौसिकले निर्देशन गरेको सिनेमामा वरुणसंगै कृति सनोन, दीपक डोब्रियल, अभिषेक बनेर्जी, सौरभ शुक्लालगायतका कलाकारहरुको अभिनय छ ।