रोहित सेट्टीको ‘सर्कस’ ट्रेलर रिलिज, रणवीर दोहोरो भूमिकामा

रोहित सेट्टीको ‘सर्कस’ ट्रेलर रिलिज, रणवीर दोहोरो भूमिकामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड बक्सअफिस किङ निर्देशक रोहित सेट्टीको नयाँ सिनेमा ‘सर्कस’को ट्रेलर रिलिज भएको छ ।

३ मिनेट ३८ सेकेण्ड लामो ट्रेलर आँखालाई शितलता प्रदान गर्न र पेटमा गुदगुदी लगाउन सफल हुन्छ । स्टार कलाकारको भिड, चम्किलो सेट, बच्चादेखि बृद्धलाई हँसाउने कमेडी दृश्य र धमाकेदार गीत निर्देशक सेट्टीको पहिचान हो ।

डिसेम्बर २३ मा रिलिज हुने सिनेमामा रणवीर सिंह, पूजा हेग्डे, ज्याक्लिन फर्नान्डेज, जोनी लिभर, संजय मिश्र, वरुण शर्मा, मुकेश तिवारी, सुल्भा आर्या, आश्विनी कल्सेकरलगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलरको अन्त्यमा अभिनेत्री दीपिका पादुकोणको केहि दृश्यपनि समेटिएको छ । दीपिकासंगै अभिनेता अजय देवगणले सिनेमामा अतिथि भूमिका निर्वाह गरेका छन् ।

कप्स युनिभर्स अन्तर्गतका दुई सिनेमा ‘सिम्बा’ र ‘सूर्यवंशी’ सुपरहिट भएपछी निर्देशक सेट्टीले ‘सर्कस’ निर्देशन गरेका हुन् ।

पिरियड कमेडी ‘सर्कस’ सन् १९८२ को बलिउड सिनेमा ‘अंगूर’मा आधारित छ ।