२०२२ मा सर्वाधिक खोजिने सिनेमा बन्यो ‘थोर’, दुई भारतीय सिनेमाको टप १० इन्ट्री

२०२२ मा सर्वाधिक खोजिने सिनेमा बन्यो ‘थोर’, दुई भारतीय सिनेमाको टप १० इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड सुपरहिरो सिनेमा ‘थोर: लभ एण्ड थन्डर’ २०२२ मा सर्वाधिक गूगल गरिने सिनेमा बनेको छ ।

गूगलले हरेक वर्ष सार्वजनिक गर्ने ‘गूगल’ ट्रेन्ड्स’को विश्वव्यापी सर्वाधिक खोजि गरिएको सिनेमाको सुचीमा थोरले पहिलो स्थान पाएको हो ।

क्रिस हेम्सवर्थ, क्रिस्चियन बेल, टेसा थम्पसन, जेमी अलेक्जेंडर, रसेल क्रो, नताली पोर्टम्यान अभिनित सिनेमा जुलाई ८ मा रिलिज भएको थियो । विश्वव्यापी ७ सय ६० मिलियन डलर कमाएको सिनेमा सर्वाधिक ग्रस कलेक्सन गर्ने सिनेमाको सुचीको छैटौं स्थानमा छ ।

विश्वव्यापी ३ सय ८४ मिलियन डलर ग्रस कलेक्सन गरेको ‘ब्ल्याक एडम’ सर्वाधिक खोजिने सिनेमाको सुचीको दोस्रो स्थानमा छ ।

ड्वेन जोन्सन, एल्डिस होज, नूह सेण्टिनिओ, सारा शाही, मारवान केन्जारी अभिनित सिनेमा जौमे कोलेक्ट सेराले निर्देशन गरेका हुन् ।

२०२२ मा विश्वव्यापी सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड राखेको ‘टप गन: म्याभरिक’ सुचीको तेस्रो स्थानमा छ ।

१४ सय ८७ मिलियन डलरको व्यापार गर्न सफल सिनेमामा टम क्रुज, माइल टेलर, जेनिफर कोनेली, जोन ह्याम, ग्लेन पावेल, लेविस पुलम्यानलगायतका कलाकारहरुको अभिनय छ ।

सुचीको चौथों र पाँचौं स्थानमा ‘द ब्याटम्यान’ र ‘इनकान्टो’ रहेका छन् । ७ सय ७० मिलियन डलर कमाई गरेको ‘द ब्याटम्यान’ २०२२ मा सर्वाधिक कलेक्सन गर्ने पाँचौं सिनेमा हो ।

२ सय ५६ मिलियन डलर कलेक्सन गरेको ‘इनकान्टो’ २०२१ मा रिलिज भएको सिनेमा हो । तर २०२२ मा सर्वाधिक खोजि गरिएका सिनेमाको पाँचौं वरियतामा रहन पुग्यो ।

सुचीको छैटौं स्थान बलिउड सिनेमा ‘ब्रमास्त्र: भाग १’ले कब्जा गरेको छ । रनबिर कपूर, अमिताभ बच्चन र आलिया भट्ट स्टारर सिनेमाले विश्वव्यापी ५० मिलियन डलर कमाई गरेको थियो । यो सर्वाधिक व्यापार गर्ने सिनेमाको सुचीमा ५१ औं स्थानमा छ ।

१ हजार मिलियन डलर कलेक्सन गरेको ‘जुरासिक वर्ल्ड: डोमिनियन’ सातौँ स्थानमा रहँदा कन्नड सिनेमा ‘केजीएफ: च्याप्टर २’ले सर्वाधिक गूगल गरिने सिनेमाको आठौँ स्थान कब्जा गरेको छ ।

यस स्टारर सिनेमाले विश्वव्यापी ८९ मिलियन डलर कमाई गरेको थियो ।

सुचीको नवौं र दशौँ स्थानमा अमेरिकन सिनेमा ‘अनचार्टेड’ र ‘मोर्बियस’ रहेका छन् । यी दुई सिनेमाले क्रमसः ४०१ र १६७ मिलियन डलर कमाई गरेका थिए ।