अजयको ‘दृश्यम २’ले कमायो २ सय करोड

अजयको ‘दृश्यम २’ले कमायो २ सय करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अजय देवगण स्टारर बलिउड सिनेमा ‘दृश्यम २’ले घरेलु बक्सअफिसमा २ सय करोडको आँकडा पार गरेको छ ।

प्रदर्शनको २३ औं दिनमा ४.६७ करोडको व्यापार गर्दै सिनेमाले २ सय करोडको माइलस्टोन पार गर्यो । २०२२ मा २ सय करोड माथिको व्यापार गर्ने यो तेस्रो बलिउड सिनेमा हो । यसअघि ‘ब्रमास्त्र’ र ‘द कश्मिर फाइल्स’ले २ सय करोडको आँकडा पार गरेका थिए ।

अभिषेक पाठक निर्देशित सिनेमाले २०३.५९ करोड कमाइसकेको छ । समिक्षात्मक रुपमा बलियो देखिएको सिनेमाले चौथों सातापनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । तर शुक्रबार रिलिज हुने हलिउडको बहुप्रतिक्षित सिनेमा ‘अवतार: द वे अफ वाटर’ले ‘दृश्यम २’को रफ्तार ब्रेक गर्नेछ ।

यस क्राइम थ्रिलर सिनेमामा अजय देवगणसंगै तबु, अक्षय खन्ना, श्रीया सरन, इशिता दत्तलगायतका कलाकारहरुको अभिनय छ ।

२ सय करोड कमाउने अजयको तेस्रो सिनेमा

‘दृश्यम २’को उत्साहजनक कमाईसंगै अजय देवगणका तीन सिनेमाले २ सय करोडको माइलस्टोन पार गरेका छन् ।

अजय अभिनित ‘तान्हाजी’ र ‘गोलमाल अगेन’ले बक्सअफिसमा २ सय करोड माथि कमाएका थिए ।

२ सय ८० करोड कलेक्सन गरेको ‘तान्हाजी’ अजयको करिअर कै सर्वाधिक व्यापार गर्ने सिनेमा हो । २ सय ६ करोड कलेक्सन गरेको ‘गोलमाल अगेन’ दोस्रो स्थानमा रहेको छ । जसलाई ‘दृश्यम २’ले उछिन्ने छ ।