‘अवतार २’ले तोड्न सक्छ यी पाँच ठुला रेकर्ड ?

‘अवतार २’ले तोड्न सक्छ यी पाँच ठुला रेकर्ड ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वव्यापी सर्वाधिक कलेक्सन गर्ने सिनेमा हो ‘अवतार’ । जेम्स क्यामरुन निर्देशित सिनेमाले सन् २००९ वर्षदेखि यो रेकर्ड कायम राखिरहेको छ ।

सन् २०१९ को केहि महिना ‘एभेन्जर्स: इन्डगेम’ले लाइफटाइम कलेक्सनमा उछिनेपनि २०२० देखि ०२२ को रि-रिलिजले ‘अवतार’लाई पुन: शिर्ष स्थानमा उभ्याएको थियो ।

‘अवतार’ १३ वर्ष अगाडी जेम्स क्यामरुन कै सिनेमा ‘टाइटानिक’को १२ वर्षे लामो रेकर्ड भंग गर्दै शिर्ष स्थानमा उक्लिएको थियो ।

१३ वर्षपछि निर्देशक क्यामरुनको ‘अवतार: द वे अफ वाटर’ले उक्त रेकर्ड ब्रेक गर्ने क्रममा रहेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउने ‘अवतार २’ले ‘अवतार’को रेकर्ड तोड्न २,९२२ मिलियन अमेरिकी डलर भन्दा बढी कमाउनु पर्नेछ ।

‘अवतार २’ले बक्सअफिसका थुप्रै रेकर्ड तोड्ने अनुमान गरिएको छ । घरेलु बक्सअफिसमा सिनेमाले ओपनिङ डे, ओपनिङ विकेन्ड र ओपनिङ विकका रेकर्ड धस्त पार्ने अनुमान गरिएको छ ।

‘अवतार २’ले ब्रेक गर्न सक्ने माइलस्टोन 

ओपनिङ डे – १५७ मिलियन डलर – एभेन्जर्स: इन्डगेम
सिंगल डे कलेक्सन – १५७ मिलियन डलर – एभेन्जर्स: इन्डगेम
ओपनिङ विकेन्ड – ३५७ मिलियन डलर – एभेन्जर्स: इन्डगेम
लाइफटाइम(घरेलु) – ९३६ मिलियन डलर – स्टार वार्स: द फोर्स अवेकन्स
लाइफटाइम(विश्वव्यापी) – २,९२२ मिलियन डलर – अवतार

विश्वव्यापी आक्रामक व्यापारको अपेक्षा गरिएको ‘अवतार २’ले नेपालमा पनि आक्रामक ओपनिङको संकेत गरेको छ । नेपाली मल्टिप्लेक्सको झन्डै ९० प्रतिशत हिस्सा ओगटेर प्रदर्शनमा आउन लागेको सिनेमाको बुकिङ उम्दा छ ।

सिनेमामा सैम वर्थिंगटन, जोइ साल्डानिया, सिगोर्नी वीभर, स्टीफन लाङ, केट विन्सलेटलगायतका कलाकारहरुको अभिनय छ ।