परिवारसहित नेपाल आएका विवेक ओबरोयले गरे पशुपतिनाथको दर्शन

परिवारसहित नेपाल आएका विवेक ओबरोयले गरे पशुपतिनाथको दर्शन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता विवेक ओबरोय बुधबार परिवारसहित एक हप्ता लामो नेपाल भ्रमणमा आएका छन् । उनले बिहिबार बिहान पवित्र तीर्थस्थल पशुपतिनाथको दर्शन गरेका हुन् । बिहीवार विहान दुई सन्तान, श्रीमती र आमा बुबाको साथमा उनले पशुपतिनाथको दर्शन गरेका थिए । त्यहाँ उनले करिब १ घन्टा विताएका थिए ।

पशुपतिनाथ मन्दिरमा पूजाआजापछि बाहिरिने क्रममा विवेकलाई नेपाली प्रशंसकले तस्बिरका लागि घेरेका थिए । पहिलो पटक नेपाल आएका विवेकले पशुपतिनाथको दर्शक गर्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरे । पशुपतिनाथमा पूजाआजा गरेपछि मन शान्त भएको बताएका छन् । गौशलास्थित एक होटेलमा बसेका उनले दिउँसो परिवारको साथमा चन्द्रागिरीको भ्रमण गर्नेछन् ।

विवेक नेपाल बसाईको क्रममा पोखरा, लुम्बिनी, सगरमाथा बेसक्याम्प, पुनहिलको पनि भ्रमण गर्दैछन् । उनले भूगोल, संस्कृति, रितिरिवाज, रहनसहनका कारण आफूलाई भारत र नेपाल उस्तै लाग्ने बताए । व्यवसायी पुनम यादवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देयले विवेकको परिवारलाई नेपाल ल्याएकको बताउँछिन् । उनीहरुबीच पारिवारिक र व्यवसायिक सम्बन्ध समेत छ ।

विवेक ओबरोयसँगै नेपाल आएका पिता सुरेश पनि भारतका प्रशिद्ध कलाकार हुन् । विवेकले ५० बढी बलिउड सिनेमामा अभिनय गरिसकेका छन् केही दक्षिण भारतीय सिनेमामा समेत अभिनय गरेका छन् । पछिल्लो समय उनलाई बलिउड सिनेमामा खलपात्रको भूमिकामा बढी देख्न सकिन्छ । अभिनयका अलवा व्यवसायमा पनि सक्रिय रहेका छन् ।