नेपाली बक्सअफिसमा रिलिज भयो ‘अवतार २’

नेपाली बक्सअफिसमा रिलिज भयो ‘अवतार २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि हलिउडको बहुप्रतिक्षित सिनेमा ‘अवतार: द वे अफ वाटर’ नेपाली बक्सअफिसमा रिलिज भएको छ ।

जेम्स क्यामरुन निर्देशित ‘अवतार’संग अन्य सिनेमा भिड्ने छैनन् । नेपाली बक्सअफिसमा एकल रिलिज हुँदा यसले शोको झन्डै ९० प्रतिशत हिस्सा ओगटेको छ । साथै सिनेमाको पहिलो दिनको अकुपेन्सीपनि ९० प्रतिशत भन्दा माथि देखिएको छ ।

यो सिनेमाले नेपाली बक्सअफिसमा डेढ करोड माथिको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

घरेलु बक्सअफिससंगै विश्वव्यापी रुपमा सिनेमाले पुराना रेकर्ड भत्काउने आशा गरिएको छ ।

सिनेमाको समिक्षात्मक पक्ष बलियो देखिएकाले बक्सअफिस आक्रामक देखिएको छ ।

विश्वमा सर्वाधिक कमाइको रेकर्ड राखेको ‘अवतार’को रेकर्ड यस सिक्वेलले तोड्ला ? सबैको नजर १३ वर्ष अगाडीको उक्त रेकर्डमा टिकेको छ ।

‘अवतार २’मा सैम वर्थिंगटन, जोइ साल्डानिया, सिगोर्नी वीभर, स्टीफन लाङ, केट विन्सलेटलगायतका कलाकारहरुको अभिनय छ ।