‘अवतार २’को ओपनिङ अपेक्षा भन्दा कम, यस्तो छ विकेन्ड कलेक्सन

‘अवतार २’को ओपनिङ अपेक्षा भन्दा कम, यस्तो छ विकेन्ड कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको सिनेमा ‘अवतार: द वे अफ वाटर’ले अपेक्षा गरिएभन्दा कमको ओपनिङ गरेको छ ।

जेम्स क्यामरुन निर्देशित सिनेमाले उत्तर अमेरिकामा जम्मा १३४ मिलियन डलरको ओपनिङ गर्यो । पहिलो दिन ५३ मिलियन ग्रस कलेक्सन गरेको सिनेमा दोस्रो र तेस्रो दिन झनै कमजोर देखियो ।

सिनेमाले दोस्रो दिन ४४.५ र तेस्रो दिन ३६.५ मिलियन डलर ग्रस कलेक्सन गर्यो ।

‘अवतार २’को घरेलु विकेन्ड ओपनिङ समग्रमा ३८ औं स्थानमा रहन पुग्यो । पहिलो दिनको कलेक्सनपनि ४५ औं ठुलो कलेक्सन हो ।

‘एभेन्जर्स: इन्डगेम’ले पहिलो दिन सर्वाधिक १५७ मिलियन र ओपनिङ विकेन्डमा सर्वाधिक ३५७ मिलियन डलर ग्रस कलेक्सन गरेको थियो । ‘अवतार २’ले भने पहिलो विकेन्डमा ‘एभेन्जर्स’को पहिलो दिन बराबरको पनि कमाई गर्न सकेन ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा सिनेमाले ३००.५ मिलियन डलर कमाउन सफल भयो । योसंगै सिनेमाले विश्वव्यापी ४३४.५ मिलियन डलर ग्रस कमाएको छ ।

रेकर्ड ब्रेक कलेक्सन नगरेपनि सिनेमाको व्यापारलाई हलिउड मिडियाले उत्साहजनक भनेका छन् ।

यस्तै सिनेमाले चिनमा ५७.१, दक्षिण कोरियामा २४.७, जर्मनीमा १९.९, फ्रान्समा १९.३, भारतमा १८.१, युकेमा १४.२, मेक्सिकोमा १२.९, अस्ट्रेलियामा १०.७ र इटलीमा १०.२ मिलियन डलरको ओपनिङ विकेन्ड मनायो ।

यस साइन्स फिक्सन सिनेमामा सैम वर्थिंगटन, जोइ साल्डानिया, सिगोर्नी वीभर, स्टीफन लाङ, केट विन्सलेटलगायतका कलाकारहरुको अभिनय छ ।