‘गुलाबी’बाट वितरणमा फड्को मार्दै अभिनेत्री सुहाना थापा

‘गुलाबी’बाट वितरणमा फड्को मार्दै अभिनेत्री सुहाना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ए मेरो हजुर ३’ डेब्यु अभिनेत्री सुहाना थापाले सिनेमा वितरण पनि गर्ने भएकी छन् । सुहाना कार्यकारी निर्देशक रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले सिनेमा ‘गुलाबी’लाई देशभर वितरण गर्ने भएको हो ।

मंगलवार अभिनेत्री सुहाना र सिनेमाकी निर्देशक समुन्द्र भट्टबीच सम्झौता पत्र आदान-प्रदान भएको छ । मंगलवार नै सिनेमाको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर डिजिटलले सिनेमाको युट्युब राइट्स खरिद गरेको हो । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य भूमिकामा छन् ।

पारलैङ्गिकताको कथा बोल्ने सिनेमामा सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको पनि अभिनय छ । सिनेमाको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् । ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।

भद्र भुजेल एसोसिएट निर्देशक रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा लेखु सहयात्री र शान भुषालले गीतमा संगीत भरेका छन् । क्यानडाको टोरन्टो सिनेमा स्कुलबाट निर्देशन पढेकी भट्टले ‘आधा पेज’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । गुलाबी उनी निर्देशित दोस्रो सिनेमा हो । सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन ।