रोहित सेट्टीको पहिलो फ्लप सिनेमा बन्यो ‘सर्कस’

रोहित सेट्टीको पहिलो फ्लप सिनेमा बन्यो ‘सर्कस’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका ब्लकबस्टर डाइरेक्टर रोहित सेट्टीको सिनेमा ‘सर्कस’ बक्सअफिसमा फ्लप सावित भएको छ ।

१९ वर्षे निर्देशन करिअरमा रोहितको यो पहिलो फ्लप सिनेमा हो । डेब्यु सिनेमा ‘जमीन’सहित ‘सन्डे’ले बक्सअफिसमा लगानी रिकभर गर्न सफल भएका थिए । तर उनको १५औं सिनेमाले लगानीको ३३ प्रतिशतपनि रिकभर नगर्ने देखिएको छ ।

१ सय ५० करोडको बजेटमा निर्मित ‘सर्कस’ले प्रदर्शनको दशौँ दिनसम्म जम्मा ३२ करोड नेट कमाएको छ । र सिनेमाको दैनिक कलेक्सन लाखमा झरिसकेको छ ।

चार शृंखला सुपरहिट भएको ‘गोलमाल’ सिरिजको प्रिक्वेलको रुपमा निर्माण गरिएको ‘सर्कस’को कथाबस्तु निक्कै फितलो भएको समिक्षात्मक टिप्पणीले यसको व्यापारमा ठुलो प्रभाव पार्यो ।

यसले सिक्वेलको जस्तो सफलता हात पार्न सकेन ।

‘सर्कस’को असफलतापछि सेट्टी पुन: आफ्नो कप्स युनिभर्समा फर्कदै छन् । उनले निर्देशन गर्ने आगामी सिनेमाको नाम ‘सिङ्घम अगेन’ हुनेछ ।

कप्स युनिभर्स अन्तर्गत रोहितका ‘सिङ्घम’, ‘सिङ्घम रिटर्न्स’, ‘सिम्बा’ र ‘सूर्यवंशी’ सुपरहिट भएका थिए ।