शाहरुखको ‘पठान’ ट्रेलर रिलिज

शाहरुखको ‘पठान’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शाहरुख खान स्टारर बलिउड सिनेमा ‘पठान’को ट्रेलर रिलिज भएको छ ।

भारतीय गणतन्त्र दिवसको छेको पारेर २५ जनवरीदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको स्पाइ एक्सन थ्रिलर सिनेममा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडियालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनेमामा शाहरुखले भारतीय जासूस संयन्त्र रअ एजेन्टका एक जासूसको भूमिका निर्वाह गरेका छन् । यस्तै जोन खलपात्रको भूमिकामा देखिएका छन् । जो भारतलाई खतम पार्न चाहन्छन । जोनको चुनौती पार गर्न शाहरुखले खतरनाक द्वन्द्व पेस गरेका छन् । शाहरुख अर्थात पठानलाई दीपिकाको साथ छ ।

यसराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गतको चौथों सिनेमा ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।

यसराजको स्पाइ युनिभर्स अन्तर्गत यसअघि ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’ र ‘वार’ रिलिज भइसकेका छन् । भने ‘टाइगर ३’ प्रदर्शन हुन् बाँकी छ ।