‘तिम्रो मेरो साथ’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, महोत्सवमा दर्शकको साथ

‘तिम्रो मेरो साथ’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, महोत्सवमा दर्शकको साथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघे संक्रान्तिको छेकोमा भोलि शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न भएको छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री अभिनित सिनेमाको टिम बुधबार दिउँसो चितवन हानिएको थियो ।

चितवन महोत्सवमा टिम पुग्दा चिसो माहोल गर्माएको थियो । उल्लेख्य दर्शक उपस्थिति रहेको महोत्सवमा निर्देशक रमेश एमके पौडेलसहितको टिमले मनोरंजन प्रदान गरेको थियो ।

‘तिम्रो मेरो साथ’ टिमलाई आयोजकले कडा सेक्युरिटीका साथ स्टेजमा उतारेको थियो । साम्राज्ञी र पुष्पले नृत्यद्वारा दर्शकलाई मनोरंजन दिंदा सन्दीपले कमेडीका पन्चलाइनले दर्शक हँसाएका थिए ।

महोत्सवपछि लक्की मिडिया हाउसद्वारा आयोजित प्रिमियरमा सिनेमाको टिम केन्द्रमा रह्यो ।

सिजी मलस्थित चितवन सिनेप्लेक्समा आयोजित प्रिमियरमा चितवन महानगरकी मेयर रेणु दाहालसहित दर्शकको बाक्लो उपस्थिति रह्यो ।

संघ संस्था र बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको आगमनले प्रिमियरमा रौनक थपेको थियो । चितवनको चिसोमा साम्राज्ञीको बोल्ड अन्दाजले माहोल गर्माएको थियो ।

उता पुष्पको लूक्समा फिदा हुने युवापुस्ताको पनि कमि रहेन ।

प्रिमियरपछि लभस्टोरी सिनेमालाई आगन्तुक पाहुनाले उत्कृष्ट भने । सिनेमाको कथाबस्तुले मन छोएको प्रतिक्रिया दिंदा निर्माण पक्ष हर्षित देखिन्थ्यो ।

सिनेमा हेरेर रुँदै निस्किएकी एक वृद्धको दृश्यले निर्माण पक्ष भावुक बनेको थियो ।

प्रिमियरमा प्राप्त दर्शकको उत्कृष्ट प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ । शुक्रबारका लागि विभिन्न मल्टिप्लेक्समा सिनेमाको बुकिङपनि खुल्ला भैसकेको छ ।

सबिर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको सिनेमाले रिलिज अगाडी प्रचारमा कुनै कसर बाँकी राखेको छैन । केहि दिन अगाडी मात्रै नेपाल टुर सकाएको टिम आफ्नो राम्रो मिहेनतलाई दर्शकको साथ मिल्नेमा आशावादी छ ।

पुष्प, साम्राज्ञी र सन्दीपसंगै सिनेमामा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

शिव ढकालले छायांकन गरेको सिनेमामा सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

निर्देशक पौडेल कै निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।

महोत्सवका थप तस्विरहरु:-