नेपाली रत्न तथा आभूषणमा र्याम्प तताउन नेपाल आइपुगिन मलाइका

नेपाली रत्न तथा आभूषणमा र्याम्प तताउन नेपाल आइपुगिन मलाइका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री, मोडल, नृत्यांगना तथा टेलिभिजन प्रिजेंटर मलाइका अरोरा नेपाल आएकी छन् ।

बिहिबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् । जहाँ उनले संक्षिप्त मिडिया वार्तालाप समेत गरिन् ।

उनि नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन नेपाल आइपुगेकी हुन् ।

बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछिन् भने नेपाली मोडलहरुले र्‍याम्प नाप्नेछन् ।

तीन दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने जनाइएको छ ।

मिडियासंग कुरा गर्दै मलाइकाले आफ्नो अधिकांस समय इभेन्ट मै बित्नै र  नेपालको फेसन, संस्कृति, फिल्म, संगीतबारे थप बुझ्ने जानकारी गराइन ।

दोस्रो पटक नेपाल आएकी मलाइका उक्त इभेन्टमा नेपाली रत्न तथा आभूषण पहिरिएर र्याम्पमा उत्रिने छिन ।