शाहिद र विजय स्टारर ‘फर्जी’को ट्रेलर रिलिज

शाहिद र विजय स्टारर ‘फर्जी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहिद कपूर र विजय सेतुपति स्टारर हिन्दि वेव सिरिज ‘फर्जी’को ट्रेलर रिलिज गरिएको छ ।

राज एण्ड डीके निर्देशित क्राइम थ्रिलर सिरिजको ट्रेलर धमाकेदार लाग्छ । शाहिद र विजयको यो ओटिटी डेब्यु हो ।

सिरिजमा शाहिदले सन्नी नामको चरित्र निर्वाह गरेका छन् । जो प्रतिभाशाली छ । जब उसलाई पैसाको सबैभन्दा धेरै जरुरत पर्छ । उसले नक्कली पैसा छाप्न सुरु गर्छ ।

विजयले टास्क फोर्स अफिसरको भूमिका निर्वाह गरेका छन् । जो देशलाई नक्कली खतराबाट मुक्त गर्न चाहन्छन । यी दुईबीचको टक्कर सिरिजमा देख्न सकिन्छ ।

ट्रेलरमा ब्याकग्राउण्ड म्यजिक र संवाद वजनदार लाग्छन ।

८ एपिसोडको यो सिरिज १० फेब्रुअरीदेखि प्राइम भिडियो इण्डियामा प्रिमियर हुँदैछ ।

शाहिद र विजयसंगै सिरिजमा के के मोनेन, राशी खन्ना, भुवन अरोरा, जाकिर हुसेन, चित्रंजन गिरीलगायतका कलाकारहरुको अभिनय छ ।