‘भस्मे डन’मा विपीनको अपोजिटमा कसले पाउला मौका ?

‘भस्मे डन’मा विपीनको अपोजिटमा कसले पाउला मौका ?

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको सिनेमा ‘भस्मे डन’ फागुन १२ गतेबाट फ्लोरमा जाने भएको छ । सिनेमा ‘पशुपतिप्रसाद’को मुख्य कलाकार मध्येको एक क्यारेक्टर भस्मे डनको कथामा सिनेमा निर्माण हुन लागेको हो ।

‘पशुपतिप्रसाद’को विपीन उर्फ भस्मे डन नै मुख्य कलाकार हुनेछन् । सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् ।

अन्य कलाकारमा प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ फाइनल भइसकेका छन् भने अहिलेसम्म विपीनको अपोजिटमा रहने हिरोइन निश्चित नभइसकेको बताइएको छ । ‘पशुपतिप्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने यो सिनेमामा पर्दामा देखिने छैनन् ।

‘पशुपतिप्रसाद’मा पशुपति मरेपछि सिनेमा सकिएको थियो । ‘पशुपतिप्रसाद’मा विपीनले गरेको क्यारेक्टर लोकप्रिय भएको थियो । दीपेन्द्र के खनालले निर्देशन गर्ने सिनेमाको कथा खगेन्द्र लामिछानेले लेखेका छन् । निर्माता पनि खगेन्द्र स्वयं हुन् । सिनेमा पशुपतिनाथको मन्दिर वरपर छायांकन हुनेछ । सिनेमा आउँदो दसैंमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।