‘तु झुठी मे मक्कार’ ट्रेलर: झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्व

‘तु झुठी मे मक्कार’ ट्रेलर: झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्व

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रनबिर कपूर र श्रद्धा कपूर स्टारर रोमान्टिक कमेडी सिनेमा ‘तु झुठी मे मक्कार’को ट्रेलर रिलिज गरिएको छ ।

३.२५ मिनेट लामो ट्रेलरले एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा प्रस्तुत गर्छ । जहाँ प्रेमी झुठी प्रेमिकाको जालबाट बच्न बिभिन्न संघर्ष गर्छ ।

लभ रन्जन निर्देशित सिनेमामा रनबिर र श्रद्धासंगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायतका कलाकारहरुको अभिनय छ ।

यो सिनेमा यस वर्षको होलीमा रिलिज हुनेछ ।

लभ रन्जन तिनै निर्देशक हुन् जसले अहिलेका लोकप्रिय अभिनेता कार्तिक आर्यनलाई स्टार बनाएका थिए ।

लभले २०११ मा कार्तिकलाई डेब्यु गराउदै ‘प्यारका पन्चनामा’बाट आफ्नो निर्देशकीय यात्रा थालनी गरेका थिए । दुवैको पहिलो सिनेमा हिट भएपछी लभले आर्यनलाई नै लिएर ‘आकाशवाणी’ बनाए । तर उक्त सिनेमा फ्लप भयो ।

‘प्यारका पन्चनामा २’ सुपरहिट भएपछी यी दुईले ‘सोनु के टिटु की स्विटी’मा सहकार्य गरे । रोमान्टिक कमेडी सिनेमा ‘सोनु के टिटु की स्विटी’ले बक्सअफिसमा सय करोड माथि कमाउदै कार्तिकलाई स्टार बनाएको थियो ।

अहिले कार्तिकलाई सिनेमा अफरको ओइरो लाग्ने गर्छ । उनि व्यस्त बलिउड अभिनेता हुन् ।