रिलिज अगावै नेपाली मल्टिप्लेक्समा ‘पठान’को रेकर्ड

रिलिज अगावै नेपाली मल्टिप्लेक्समा ‘पठान’को रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहरुख खानको बहुप्रतिक्षित सिनेमा ‘पठान’ले नेपाली हलमा रिलिज अगाडी नै रेकर्ड कायम गरेको छ ।

मल्टिप्लेक्सको अग्रिम बुकिङमा सिनेमाले अहिलेसम्मकै सर्वाधिक शो पाउन सफल भएको हो । चार वर्षपछिको शाहरुखको कमब्याकलाई लिएर नेपाली दर्शक प्रतिक्षारत छन् ।

यस्तै यो साता अन्य प्रतिस्पर्धी सिनेमा नहुँदा मल्टिप्लेक्सले अहिलेसम्मकै सर्वाधिक २ सय ३६ शो ‘पठान’लाई दिएका छन् ।

यो वर्ष रिलिज ‘कबड्डी ४’ले सुरुवाती २ सय १३ शो पाएर रेकर्ड राखेको थियो । उक्त रेकर्ड ‘पठान’ले तोड्न सफल भएको छ । ‘केजिफ: च्याप्टर २’ले सुरुवाती २ सय शो पाएको थियो । आक्रामक बुकिङ भएपछी सिनेमाको शो बढाइएको थियो ।

प्रतिशतको आधारमा हेर्दा बुधबारको ९५.५४ प्रतिशत शो ‘पठान’ले पाएको छ । यो गत वर्ष रिलिज ‘आरआरआर’को भन्दा ०.३८ प्रतिशतले बढी हो । ‘आरआरआर’ले ९५.१६ प्रतिशत शो ओगटेको थियो ।

यस्तै सिनेमाले क्युएफएक्समा १०० शो पाएर रेकर्ड ब्रेक गरेको छ । यसअघि ‘केजिएफ २’ले सुरुवाती ९३ शो पाएको थियो ।

क्युएफएक्स बाहेकका मल्टिप्लेक्समा पनि सिनेमाले सर्वाधिक १ सय ३६ शो पाएको छ । जुन अहिलेसम्मकै ठुलो अंक हो ।

कुन हलमा कति शो ?

क्युएफएक्स: १०० (११ स्टेशन)

वान सिनेमाज: २५ (२ स्टेशन)

आइएनआइ सिनेमाज: १८ (२ स्टेशन)

सिनेप्लेक्स: १७ (२ स्टेशन)

एफक्युब: १६

बिग मुभिज: १५

क्युज सिनेमा: १२

बिएसआर: ११

सिडिसी नेपाल: १०

रन्जना सिनेप्लेक्स: ८

किर्तिपुर सिनेप्लेक्स: ४

यो साता ‘एमथ्रीगन’ ३.२३ प्रतिशत  र ‘अवतार २’ १.२१ प्रतिशतमा खुम्चिएका छन् ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरुखसंगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष रानालगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा अभिनेता सलमान खानको केमियोपनि रहेको छ ।