सलमान स्टारर ‘किसी का भाई किसी का जान’को टिजर सार्वजनिक

सलमान स्टारर ‘किसी का भाई किसी का जान’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार सलमान खान अभिनित सिनेमा ‘किसी का भाई किसी का जान’को टिजर सार्वजनिक गरिएको छ ।

१.४३ मिनेट लामो टिजर एक्सनप्रधान छ । फरहाद साम्जी निर्देशित मसला सिनेमामा सलमानको एक्सनलाई फोकस गरिएको छ । उनि भाइजानको भूमिकामा छन् ।

सलमानको जानको रुपमा पूजा हेग्डेले अभिनय गरेकी छन् । टिजरमा सलमानलाई दुई वटा लूक्समा देखाइएको छ ।

२०२३ को इदमा रिलिज हुने सिनेमामा सलमान र पूजासंगै वेंकटेश, शेहनाज गिल, जसी गिल, भाग्यश्री, भूमिका चावलालगायतका कलाकारको अभिनय छ ।